सार्वजनिक सेवाको अवधारणा कार्य विशेषता र भूमिका
अवधारणा
शाब्दिक रुपमा
सार्वजनिक ( सबैसित सम्बन्ध भएको धेरैसगँ सम्बन्धित
सेवा – उपकार
- विश्वमा औधोगिक क्रान्तिका कारण आएको परिवर्तन पश्चात् सार्वजनिक सेवाको अवधारणाले ठाँउ पाएको देखिनछ ।
- विशेषतः सन् १९९१ मा बेलायतमा लागू गरिएको नागरिक वडापत्रको अवधाराणाले सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउने कार्य गरिएको छ ।
- हालका दिनमा नागरिक वडापत्र ्र सुशासन ्र नँया सार्वजनिक व्यवस्थापन र नयाँ सार्वजनिक सेवा जस्ता अवधारणाहरुबाट निर्देशित भएको पाईन्छ ।
- नेपालमा स्थानिय स्वायत्त शासन ऐन अन्तरर्गतका कार्यनिति समयक्रम सगैं घुम्ति सेवाको अवधारणा, नागरिक वडापत्र र उजुरी पेटिका र सूचना अधिकारीको व्यवस्था, हेल्लो सरकारको स्थापना जस्ता प्रयास मार्फत सार्वजनिक सेवालाई समयसापेक्षक बनाउने प्रयास यरिएको छ ।
परिचय
सरकार एवम् सरकार बाहेकका निजिस्तर स्वयमसेवी क्षेत्र आदिबाट स.शुल्क तथा नि.शुल्क रुपमा प्रवाह हुने सार्वजनिक सरोकार राख्ने सेवाहरु सार्वजनिक सेवा हुन् ।
सार्वजनिक सेवा उपलब्ध गराउने कामलाई राज्यको दायित्व तथा सार्वजनिक सेवा प्राप्त गर्ने कुरालाई नागरिकको अधिकारको रुपमा लिइन्छ ।
सामाजिक न्याय कायम गर्ने एक सशक्त माध्यमका रुपमा सार्वजनिक सेवालाई लिने गरिन्छ ।
शिक्षा,स्वास्थ्य,रोजगाार,यातायात,विधुत,सुरक्षा आदि सार्वजनिक सेवाक प्रतिबिम्ब हुन् ।
कार्य
मुख्य कार्य
o आकस्मिक बाध्य कारी कार्य
o अत्यावश्यक कार्य
o लोककल्याणकारी कार्य
अन्य कार्य..
o परम्परागत सेवासम्बन्धि कार्य : राजश्व संकलन सूरक्षा प्रतिरक्षा
o नियमनकारी कार्य : कानुनको तर्जुमा र त्यसको कार्यान्वयन
o आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धि कार्य : छाना,खाना र नाना
o मानव विकाससमबन्धि कार्य : शिक्षा, स्वास्थ्य,रोजगारी
o कल्याणकारी कार्य : सामाजिक सुरक्षा, सामाजिक न्याय
o मनोरञ्जनात्मक सेवा सम्बन्धि कार्य : सिनेमा,संगित,नाचघर
o परामर्श एवम प्रशिक्षक सम्बन्धि कार्य : प्रशिक्षण,परामर्श आदि
विशेषता र चरित्र र प्रकृति गुण
o राज्य र सरकार प्रदत ( प्रदत :- प्रदान गरिएको )
o राज्यको दायित्व
o नाफाको उदेश्य नराख्नु
o नागरिकको हक
o निष्पक्षता
o निरन्तर प्रक्रिया
o सामाजिक न्यायमा आधारित
o परिवर्तनशीलता
o पहुँचयोग्य
प्रभावकारी सेवा वितरण प्रणालीका पूर्वशर्तहरु
o सेवा तोकिएको समयमा प्राप्त हुनुपर्दछ ।
o सेवा जनताको अपेक्षा अनुरुपको हुनुपर्दछ ।
o सेवा वितरण प्रणाली छरितो हुनुपर्दछ ।
o सेवा वितरणमा छनौटको अवसर प्राप्त हुनुपर्दछ ।
o सेवा गुणस्तरिय हुनुपर्दछ ।
o सेवा सामाजिक न्यायमा आधारित हुनुपर्दछ ।
सार्वजनिक सेवाको भूमिका
o जनतामाझ सरकारको उपस्थिती कायम गर्ने
o शासनको वैधानिकता पुष्टि गर्ने
o काम नागरिकको विश्वास आर्जन गर्ने
o सरकार र नागरिकबिच सुमधुर सम्बन्ध बिकसित गर्ने
o राष्ट्यि एकता र अखण्डता कायम राख्ने
o लोकतान्त्रिक चरित्र अवलम्बन गरि मूलुकलाई विकासको बाटोमा अगाडि बढाउने,
o विश्व समुदाय समक्ष सफल तथा सक्षम राज्यको रुपमा चिनाउने
उपसंहार
सार्वजनिक सेवा सरकारको सक्षमता मापन गर्ने आधार हो । तसर्थ जनताका वरिपरि सेवा पुर्याउनुपर्छ , नाकि सेवाको वरिपरि जनता । सार्वजनिक सेवाले नागरिकका आकस्मिक , अत्यावश्यक तथा लोककल्याणकारी कार्यमा सहयोग पुर्याई समुन्न्त र समृद्र्र समाजको निर्माणमा योगदान गर्ने हुनाले यसको गुणात्मकता र न्यायोचित वितरणमा विशेष ध्यान दिईनुपर्दछ ।