कानून र कानूनका स्रोतहरु
कानून
मानवीय व्यवहारलाई निर्देशित र नियन्त्रित गरी नैतिक,सामाजिक र आर्थिक आयामबाट के गर्ने/के नगर्ने भन्ने बारे लगाम लगाउने बाध्यात्मक औपचारिक दस्तावेज कानून हो ।
कानूनका स्रोतहरु
कानूनको उत्पत्ति हुने,निसृत हुने वा कानूनले वैधानिकता प्राप्त गर्ने स्रोत नै कानूनको स्रोत हो ।
परम्परागत अवधारणामा कानूनको स्रोत धार्मिक ग्रन्थ र शासकको स्वविवेक हुने गर्थ्यो भने आधुनिक अवधारणामा कानूनका स्रोतहरु प्रथा परम्परा,विधायन,नजिर,अन्तर्राष्ट्रिय सन्धी तथा सम्झौताहरु,सम्प्रतिज्ञा आदि हुन् ।