सार्वजनिक व्यवस्थापन

विशेषगरी परम्परागत सार्वजनिक प्रशासनको पुरातनवादी विचार र सिद्धान्त कमजोर हुदैं गएको र प्रशासनको संरचना,कार्यपद्धती, कार्यप्रणाली, कार्यक्षेत्र ,मनोवृत्तिका कारण सार्वजनिक प्रशासन उपलब्धीमूलक एवं प्रभावकारी समेत हुन नसकेपछी सार्वजनिक प्रशासनको विकल्पका रुपमा सन् १९८० को दशकमा ल्याईएको अवधारणा हो ,सार्वजनिक व्यवस्थापन ।

यसले राज्यको भूमिकालाई नीजी क्षेत्रको झैं प्रभावकारी र सार्थक बनाउनका लागी व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्ने गरी प्रशासकीय क्रियाकलापहरु सञ्चालन हुन सक्ने व्यवस्थापकीय क्षमताको विकास गराउँछ ।

सार्वजनिक व्यवस्थापन प्रतिस्पर्धा र बजार अर्थतन्त्रमा आधारिति छ । त्यसैले सार्वजनिक व्यवस्थापनमा नीजी क्षेत्रमा आविष्कार र विकास गरिएका व्यवस्थापकीय प्रविधिहरुलाई सार्वजनिक प्रशासनमा प्रवेश गराई प्रशासकीय कार्यकुशलता, प्रभावकारीता र कार्यक्षमतामा बृद्धि ल्याउनका लागि सरकारी व्यवस्थापनमा गरिने विविध पक्षहरु समेटीएको पाईन्छन् ।/को समग्र रुपलाई नै सार्वजनिक व्यवस्थापन भनिन्छ ।

एक्काईसौं शताब्दीमा आएका परिवर्तनहरु जस्तोः सरकारको भूमिकामा आएको परिवर्तन,उदारीकरण,विश्वव्यापीकरण, बजार अर्थव्यवस्था आदिले समकालीन सार्वजनिक प्रशासनको क्षेत्रमा देखापरेका चुनौतिहरुको सामना गर्न विकास गरिएको अवधारणा नै सार्वजनिक व्यवस्थापन हो ।

सार्वजनिक व्यवस्थापको नविन अवधारणाले झनै नागरिकमुखी,नतिजामुखी,बजारमुखी,सहकारितामुखी सार्वजनिक प्रशासनको परिकल्पनालाई जोड दिएको छ ।

यो सार्वजनिक क्षेत्र र सरकारको कार्यशैली,संरचना र क्षमतामा सुधार गर्दे सक्षम र नतिजामुखी बनाउने दृष्टिकोण हो ।