सुशासन

सुशासन

  • शासकीय अधिकारको समुचित न्यायिक प्रयोग
  • राजनीतिक रुपले प्रजातान्त्रिकरण, आर्थिक रुपले उदारीकरण, व्यापारीक क्षेत्रमा विश्वव्यापीकरण, प्रशासनिक क्षेत्रको सुदृढीकरण, सरकारको कार्यक्षेत्रमा न्यूनीकरण र भूमिकामा सरलीकरण एवम् नागरिक क्षेत्रको भूमिका विस्तारिकरण नै सुशासनको सार हो ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को प्रस्तावना

  • मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन
  • कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रिकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधानरणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न
  • सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र
  • प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले