सार्वजनिक सेवा
सार्वजनिक सेवा
- राज्यको तर्फबाट स: शुल्क वा नि:शुल्क, बाध्यात्मक वा स्वेच्छिक तवरबाट नागरिकलाई प्रदान गरिने वस्तु वा सेवाहरुको समष्टि
- सरकार वा अधिकार प्राप्त निकायद्वारा सार्वजनिक हित तथा कल्याणका लागि उपलब्ध गराईने सेवा सुविधा
- सार्वजनिक सेवा उपलब्ध गराउने कार्यलाई राज्यको प्राथमिक दायित्व र सेवा प्रप्त गर्नु नागरिकको नैसर्गिक अधिकारको रुपमा लिईन्छ ।
- सार्वजनिक सेवामा गर्भदेखी चिहान सम्मका सेवाहरु पर्दछन् ।
- सार्वजनिक सेवा प्रदान गर्न सरकारले विभिन्न सरकारी सेवाको गठन तथा सञ्चालन गरेको हुन्छ साथै सेवा वितरणमा नीजि तथा गैरसरकारी क्षेत्रलाई समावेश गराएको पाईन्छ ।
- सार्वजनिक सेवाको प्रभावकारिताले नै सरकारको प्रभावकारिताको निर्धारण हुने गर्दछ ।
जनतालाई अधिकतम् लाभ दिने उद्देश्य
सार्वजनिक सेवा प्रवाह
- सार्वजनिक सेवा सुविधालाई जनताको घरदैलोसम्म सरल, सुलभ, सहज, छिटोछरितो, मितव्ययी तथा प्रभावकारी तरिकाबाट उपलब्ध गराउने कार्य एवम् समष्टिगत प्रक्रिया
- सरकारले आफ्ना विभिन्न प्रशासनिक संरचनाहरु मार्फत जनताको निकटतम् विन्दुमा रही सेवा प्रवाह गर्नुपर्दछ ।
- सरकार सार्वजनिक सेवा प्रवाहको प्रमुख कर्ता हो । तर यसले सेवा प्रवाहमा अन्य सहजकर्ताहरुको सहयोग परिचालन गर्न सक्दछ ।
सार्वजनिक सेवाका नविन मान्यताहरु
- जनताको वरिपरि सेवा पुग्नु पर्दछ न की सेवाहरुको वरिपरि जनता
सार्वजनिक सेवाका प्रकारहरु
- आधारभूत सेवा – खाद्यान्न, आवास तथा लत्ताकपडाको वितरण एवम् शान्ति सुरक्षा, जिउ धनको रक्षा सम्बन्धि सेवाहरु
- मानवीय विकास सेवा – शिक्षा, तालिम तथा स्वास्थ्य सेवा
- नियमनकारी सेवा – कानून निर्माण तथा कार्यान्वयन
- कल्याणकारी सेवा – वृद्धभत्ता, असहाय भत्ता, बाल पोषण भत्ता लगायतका सामाजिक सुरक्षा सम्बन्धि सेवाहरु
- प्रवर्द्धनकारी सेवा – रोजगारी
- मनोरञ्जनात्मक सेवा – पार्क, सिनेमा घर तथा नाचघर आदि
- आकस्मिक सेवा – प्राकृतिक प्रकोप तथा विपद् जोखिमबाट उद्धार तथा राहत
सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकार
- सेवा सम्बन्धि सूचना तथा छनौटको अवसर पाउने अधिकार
- समान पहुँच र सेवा वितरणमा समान व्यवहारको अधिकार
- सेवामा पारदर्शीताको अधिकार
- गुणस्तरयुक्त सेवा पाउने अधिकार
- न्युनतम शुल्क वा निशुल्क सेवा पाउने अधिकार
- गुनासो राख्ने तथा क्षतिपूर्ती पाउने अधिकार
सेवा प्रदायकको भूमिका
- वस्तु तथा सेवाको
- उत्पादन गर्ने
- वितरणको सञ्चार गर्ने
- जनताको निकटतम दुरीमा पुर्याउने
- जनताको पहुँच सुनिश्चित गर्ने
- प्रवाहमा गुनासो सुन्ने र सुनुवाई गर्ने
सेवाग्राहीको दायित्व
- सेवा माग गर्ने प्रक्रिया पालना गर्ने
- सेवा प्राप्त गरे वापत निर्धारित शुल्क तिर्ने
- सार्वजनिक सुनुवाईमा सहभागि हुने
- सुधारका लागि आवश्यक पृष्ठपोषण प्रदान गर्ने
सार्वजनिक सेवा प्रवाहका माध्यम
- सरकार सेवा प्रवाहको प्रमुख प्रदायक
- सङ्घीय सरकार – मन्त्रालय, विभाग, सचिवालय, आयोग, संवैधानिक अंग मार्फत
- प्रदेश सरकार – प्रदेश स्तरिय मन्त्रालय तथा कार्यालयहरु
- स्थानीय सरकार – गाउँपालिका, नगरपालिका तथा जिल्लासभा मार्फत
- मन्त्रालय विभाग निर्देशनालय कार्यालय मार्फत
- निजी माध्यम – निजी संघसंस्था, प्रतिष्ठान मार्फत
- सार्वजनिक संस्थान मार्फत – खाद्य संस्थान, खानेपान, आयल निगम, वाणिज्य बैंक ।
- नागरिक सामाज मार्फत – सीमान्तकृत वर्गको आवाज उठाउने र सशक्तिकरण गर्ने ।
- गैरसरकारी संस्थाहरु मार्फत – सीमान्तकृत वर्गको आवाज उठाउने र सशक्तिकरण गर्ने ।
सार्वजनिक सेवाको भूमिका
- आम नागरिक
- समक्ष सरकारको उपस्थिति कायम गरी शासनको वैधानिकता पुष्टि गर्ने
- को विश्वास आर्जन गर्ने
- र सरकारबीच सेतु बनाई सुमधुर सम्बन्ध विकास गर्न
- हरुको सहभागिता प्राप्ति गरी राज्यप्रति स्वामित्व र अपनत्वको भावना विकास गराउने
- राष्ट्रिय एकता र अखण्डता कायम गर्ने
- विश्व समुदाय समक्ष सफल तथा सक्षम राज्यको रुपमा परिचित गराउने
- कानूनको शासन, न्यायमाथिको पहुँच, मानव अधिकार, जनसहभागिता, मौलिकहकको प्रत्याभूति जस्ता प्रजातान्त्रिक चरित्र अबलम्बन गरी मुलुकलाई विकासको बाटोमा अघि बढाउने ।
सार्वजनिक सेवा प्रवाह सँग सम्बन्धित केही लेखहरु
सार्वजनिक सेवा प्रवाह:अवस्था, कार्यान्वयन र सुधार – महेन्द्र सैबुले