सार्वजनिक नीति
“Public policy: Tools for public welfare.”
राजनीतिक आंकक्षा,प्रतिवद्धता पुरा गर्न तथा सार्वजनिक हित अभिवृद्धि गर्न सरकारले लिने दृष्टिकोण,अठोट, मार्गदर्शन आदिको समग्रता सार्वजनिक नीति हो ।
समग्रतामा सार्वजनिक नीति –
- शासकीय क्रियाकलाप व्यवस्थिति गर्ने मार्गचित्र
- बाध्यकारी दस्तावेज
- अल्पकालिन वा दीर्घकालीन सोचपत्र
- राजनीतिक अधिकारको उपज
- सार्वजनिक प्रशासनद्धारा कार्यान्वयन हुने विषयवस्तु तथा
- सरकार एवं जनताबीचको सम्बन्ध सेतु हो ।
सार्वजनिक नीति राजनीतिले तर्जुमा गर्दछ । उक्त कार्यमा विशेषज्ञता सहित प्रशासनले सहयोग गर्दछ । नीती कार्यान्वयन प्रशासनले गर्दछ । उक्त कार्यमा सहज एवं समन्वयकारी वातावरण सिर्जना गरेर राजनीतिले सहयोग गर्दछ ।
सार्वजनिक नीतिको आधार वा स्रोतको रुपमा संविधानका प्रस्तावना,नीति निर्देशक सिद्धान्तलाई लिईन्छ । यस अलावा राजनीतिक घोषणापत्र, अन्तर्राष्ट्रिय समुदायमा भएका प्रतिबद्धता, विगतका नीतिको मार्गदर्शन आदि समेत नीतिका स्रोतको रुपमा रहन्छन् ।
सन् १९५२ मा चार्ल्स मेरियमले व्यवस्थिति नीति अध्ययनको सुत्रपात गरे । Harold Lasswell ले policy analysis नामक पुस्तक प्रकाश गरे । सन् १९९० पछी दीर्घकालीन तथा सहभागितामूलक नीति निर्माणमा ध्यान दिन थालियो ।