सामाजिक परिचालन
“समाजलाई सामाजिकि लक्ष्य प्राप्तीका लागि परिचालन“
निश्चित उद्धेश्य प्राप्तिका लागि समाजका सदस्यहरुलाई संगठीत गर्नु,समूहमा आवद्ध गराउनु र उनीहरुको क्षमता अभिवृद्धि गराउने समग्र प्रक्रिया सामाजिक परिचालन हो ।
यो समाजका अभिन्न अंगका रुपमा रहेका नीति,निर्माताहरु, कर्मचारीतन्त्र,व्यवसायिक समूहहरु,धार्मिक संगठनहरु, निजी क्षेत्र, समुदाय तथा व्यक्ति स्वंयमको विकास प्रतिको चासो अन्तक्रिया तथा अर्न्तसम्बन्धको उपज हो ।
सामाजिक परिचालन कार्यविधि,२०७१
आम नागरिकहरुलाई समूहमा संगठित गरि आर्थिक,सामाजिक तथा साँस्कृतिक सशक्तिकरणका माध्यमबाट उनीहरुले व्यक्तिगत,पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रियालाई सामाजिक परिचालन भनिन्छ । सामाजिक परिचालनले समूहका सदस्यहरु बीच आपसी सहयोग,सद्भाव,विश्वास समन्वय र सहकार्य बृद्धि गरी सामाजिक पुजीँ निर्माण गर्न सहयोग पुर्याउँछ ।
सामाजिक परिचालन निश्चित उद्धेश्य प्राप्तिका लागि समाजका सदस्यहरुलाई संगठीत गर्नु,समूहमा आवद्ध गराउनु, उनीहरुको क्षमता अभिबृद्धि गर्नु/गराउनु,समाज एवं राष्ट्र विकासको लागि सहभागिता जुटाउनु लगायतको समग्र क्रियाकलाप हो । यो समाजको समग्र हितको लागि सबै मानिस सहभागिता हुने अवस्थाको सिर्जना गर्नु हो । समाजका नागरिकलाई आफ्नो जीवन सञ्चालनका लागि आवश्यक पर्ने स्रोत,साधन,अवसरको बारेमा जानकारी गराई आफ्नो अधिकार तथा कर्तव्यको बारेमा सचेत गराई जिम्मेवार नागरिक बनाउने प्रक्रियाको रुपमा सामाजिक परिचालन रहन्छ ।